झण्डै १० केजी चरेससहित दाङबाट बागलुङका दुई युवक पक्राउ

दाङ । प्रहरीले झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ। बागलुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बागलुङ बडिगाड गाँउपालिका(२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो।

आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा ९ केजी ९३० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार