धनुषामा प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत फेला

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब साढे ४ बजे हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो।

उनका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका थिए। धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम उनले तिर्न नसक्दा कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो।

कारागार पठाउने तयारी गरिरहेकै बेला उनले आत्महत्या गरेको प्रहरीको दाबी छ। आर्थिक रूपले विपन्न रहेको र जेल भयका कारण उनले आत्महत्या गरेको हुनसक्ने एसपी रानाभाटले बताउनुभयो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार