बागलुङको गलकोटमा पिकअप दुर्घटना : ६ जना घाइते

बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आइतबार साँझ गलकोट नगरपालिका वडा नम्बर १ को झाक्रीस्थानमा पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ठुल्डाँडा लाकुरीबोटमा ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाईते हुनेमा बरेङ गाँउपालिका वडा नम्वर ५ का २० वर्षिय चालक यादव खत्री, गलकोट नगरपालिका वडा नम्बर ६ जामुडाँडा निवासी २३ वर्षीय कृष्ण विक,

सोही ठाँउका २१ वर्षीय केशव नेपाली, २० वर्षिय गणेश नेपाली, २३ वर्षिय सुजन नेपाली र १९ वर्षीय जीवन नेपाली रहेको ट्राफिक प्रहरी जवान थम नारायण ढकालले जानकारी दिनुभयो । घाईते ६ जनाको हटिया स्थित ईमरजेन्सी पोलिक्लिीनिक प्रा.लीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाईते केशव नेपाली र सुजन नेपालीलाई थप उपचारको लागि पोखरा पठाउने तयारी भएको र अन्यको अवस्था समान्य रहेको ढकालले जानकारी दिनुभयो । बागलुङ बजारदेखि गलकोट आउदैं गरेको पिकअप दुर्घटना हुँदा सडकबाट करिब २ सय ५० मिटर तल झरेको प्रहरीले जनाएको छ । baglungबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार