कोरोना विरुद्धको खोप दैनिक दुई लाख जनालाई लगाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गर्नुभएको हो।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले सरकारले खोप आयात बढाएको पनि बताउनुभयो । ५ करोड ५० लाख खोप आवश्यक पर्ने उहाँको भनाई छ । पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको बताउँदै बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उहाँको भनाई छ ।

सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ । असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उहाँले बताउनुभयो । ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार