जनकपुरमा एक युवकको शव फेला

धनुषा । धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताउनुभयो ।

मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी बस्नेतले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार