काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ३४ हजार ८ सय ३८ जनामा र एन्टिजेन विधिबाट ७६ हजार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ५८ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ भने ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा र ४ सय २ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ९५ जना आईसीयू र १ सय ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।