काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जना र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० गरी ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ३९ हजार ९ सय ७ जनामा र एन्टिजेन विधिबाट ७७ हजार ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ पुगेको छ भने ६ लाख ८९ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८जना रहेका छन् । जसमध्ये ३६ हजार ८ सय ६ जना होम आइसोलेसनमा , ३ हजार ५ सय ३२ जना संस्थागत आइसोलेसनमा र ४ सय ५७ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ७० जना आईसीयू र १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।