परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुग्नुभएको थियो। राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिनुभयो ।

भेटमा दुई देशका नेताहरुबीच भएको महत्वपूर्ण सहमति लागु गर्न र नेपाल–चीनबीच द्विपक्षीय सहयोगलाई बढवा दिनका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार