३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ

विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ ।

तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको हो । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो ।

सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् । यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् । ekantipur बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार