धनगढी । कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैँसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका–३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो।
मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका–१ का पुलराम थारुको भैँसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । नागरिक खबरबाट