काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ ।
राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आरोप लगाउनुभएको छ।दशैंको मुखमा चार जनाको हत्या हुनु दुखद् भएको भन्दै उहाँले १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग समेत गर्नुधएको छ । ‘घटनाको भत्र्सना गर्छु ।
गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ रु,’ उहाँले भन्नुभयो, ‘सुकुम्वासी हुन कसैलाई रहर हुन्छ, रहरले कोही सुकुम्वासी हुन्छ र ?’‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उहाँले भन्नुभयो, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’
आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको पनि बताउनुभयो । सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताउनुभयो । नागरिक खबरबाट