चीनमा पुनः कोरोनाको संक्रमण बढ्दो

एजेन्सी । चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ । चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् ।

चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् । पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार