म्याग्दी ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले आफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।
१ सय ७५ जना विद्यार्थी रहेको विद्यालयमा प्रत्येक विद्यार्थीलाई एक कापी, कलम सहित विद्यालयमा एक थान, बलिबल, फुटबल, जाली सहित घडी लगायतका १२ हजार बराबरको सामाग्री वितरण गरिएको तरुण दलका कोषाध्यक्ष हिरा पुनले जानकारी दिनुभयो ।
उक्त सामाग्री हस्तातरण कार्यक्रममा तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले देशको परिवर्तन संगै शैक्षिक क्षेत्रको विकासका लागि योगदान पुराउदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मनबहादुर चम्रकारले तरुण दलले गरेको सहयोगले विद्यार्थीको खेल क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्रकारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हिरा पुनले गर्नुभएको थियो । कार्यक्रममा तरुण दलका उपाध्यक्ष विस्वास क्षेष्ठ, तरुण दलका कार्य समिति सदस्य लगायत तरुण युवाहरुको उपस्थित रहेको थियो ।