पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धान

एजेन्सी । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताउनुभएको छ । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताउनुभएको छ ।

बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ ।’

द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ । सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६ सय २१ जनालाई सहभागी गराइएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार