
काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए ।
उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।बार परिसरभित्रै छिरेर धम्की दिनेहरु बाहिरिएपछि मात्रै त्यहाँ प्रहरीको एउटा टोली पुगेको थियो । प्रहरीले धम्की दिने कसैलाई पनि नियन्त्रणमा भने लिएन । ekantipurबाट