माओवादीको महाधिवेशनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ ।गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिवेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो ।

म्याग्दी जिल्ला इञ्चार्ज गोबिन्द पौडेल केन्द्रीय सम्मेलन आयोजक समितिको सदस्य हुनुहुन्छ । यसअघि म्याग्दीका वडा र छ वटा पालिकामा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार