काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने हुनुभएको छ। ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनुभएको हो ।
अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नुभएको थियो । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गराउनुभएको थिएन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ ।
उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ । यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय माओवादीले गरेको छ । अनलाइनखबरबाट