अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको छ ।
कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताउनुभयो । ‘आज मात्र पाँच सयजना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भन्नुभयो, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउँनुछ ।
त्यो पनि ७–८ महिनामा ।’नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताउनुभयो । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गर्नुभएको छ । नागरिक खबरबाट