कुकुरको टोकाईबाट २ बालक घाइते

उदयपुर । सडकमा डुलिहिड्ने भुस्याहा कुकुरको टोकाईबाट उदयपुरमा २ बालक घाइते भएका छन्। अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाइते भएका हुन्।

स्कुल पढ्न जाँदै गरेका त्रियुगा नगरपालिका ८ का १२ वर्षीय सायल खत्री र ५ वर्षीय सुसिल बस्नेतलाई भुस्याहा कुकुरले टोकेको स्थानीयले बताएका छन्। कुकु्रले टोकेर घाइते दुवैलाई उपचारका लागि उदयपुर अस्पताल ल्याइएको छ। सायलका बाबु सम्बर खत्रीका अनुसार टोक्ने कुकुर बौलाएको आशंका गरिएको छ। कुकुरले एकजना बालकलाई ओठमै टोकिदिएको छ भने अर्कालाई खुट्टामा टोकेको खत्रीले बताउनुभयो।

२ बालकलाई कुकुरले टोकेपछि खाट मन्दिर र आसपासको क्षेत्रवासी आतंकित बनेका छन्। टोक्ने कुकुर बौलाएको हो र्होइन भन्ने यकिन नभईसकेको र बाहुला हो भने समस्या आउने भन्दै स्थानीयले भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। बहुलाहा कुकुर भएमा अन्य कुकुरलाईसमेत टोकेर रोग सारेको हुनसक्ने आशंकाले गाउँले त्रसित भएको उनीहरुको भनाई छ। भुस्याहा कुकुर नियन्त्रण गर्न अथवा रेविजविरुद्ध सुई दिन उनीहरले गनरपालिकासँग आग्रह गरेका छन्।nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार