एजेन्सी। अमेरिकामा चमेराका कारण ५ जनाको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो ।
चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन जनाको मृत्यु रोग लागेको पाच सातामै भएको सिडिसीको रिपोर्टमा उल्लेख छ । विश्वमा रेबिज रोग मुख्यतया कुकुरको टोकाइबाट सर्ने भएता पनि चमेराले टोक्दा पनि रेबिज फैलिन सक्दछ ।
रेबिज फैलाउने चमेरालाई रेबिड ब्याट्स भनिन्छ ।अमेरिकामा रेबिज संक्रमणमध्ये ७० प्रतिशत रेबिज संक्रमण चमेराबाटै हुने गरेको छ । सिडिसीले चमेरासँग हेलमेल नगर्न र चमेरा देख्ने बित्तिकै सरकारी निकायलाई खबर गर्न अनुरोध गरेको छ । नागरिक खबर