करेन्ट लागेर एक इन्जिनियरको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।

उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार