
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।
आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने बाध्यात्मक व्यवस्था रहेको छ । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि आज पुनः बैठक बस्न लागेको हो । नागरिक खबरबाट