सत्ता गठबन्धनले फेरि राजनीतिक अस्थिरता ल्याउँदैछन् : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अस्थिरताका कारकको संज्ञा दिनुभएको छ ।

आगामी वैशाखमा गर्ने भनिएको स्थानीय तह निर्वाचनलाई ६ महिना धकेलेर पहिले संघीय र प्रदेशसभा निर्वाचन तयारीमा गठबन्धन लागेपछि पोखरेलले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले स्थानीय तहलाई फेरि पनि जनप्रतिनिधिविहीन बनाएर सत्तारुढ दलहरुले देशमा अस्थिरता पैदा गर्न खोजेको आरोप पनि लगाउनुभएको छ ।

‘संविधानमा तीन–तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै बिनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धनविरुद्धमा चु बोल्न नसक्नेहरु आफैँमा अस्थिरताको सर्जक हुन्,’पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार