
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेकै फर्किएकी हुन् । काफ्ले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी थिइन् ।
पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार जिल्लाकी लोकप्रिय महिला नेता काफ्ले नेकपा एस परित्याग गरी एमालेमै फर्किएकी हुन् । महासचिव शंकर पोखरेलले उनलाई एमालेमा स्वागत गरेका थिए । काफ्लेसँगै उनी निकट कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । नागरिक खबरबाट