देवदहको घोडाहा जंगलमा दुईजनाको शव फेला

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनुभयो । शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार