
धनुषा । मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ । कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाउनुभएको छ ।
प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताउनुभयो । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि मतदान हुँदैछ । सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छन् । यता जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीचको ठाउँ ठाउँमा झडप जारी नै छ । जनमतका कार्यकर्ताहरूले करिब एक दर्जन गाडीमा तोडफोड समेत गरेका छन् । रातोपाटीबाट