रहेनन् पूर्वमन्त्री सुवेदी

काठमाडौँ । पूर्वमन्त्री रेग बहादुर सुवेदीको निधन भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षीय सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

पञ्चायतकालमा रोल्पाबाट पटक–पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा सूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गर्नुभएका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार