स्थानीय चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच कुराकानी हुने भएको छ।

‘प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग स्थानीय तहको चुनावबारे परामर्श गर्ने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘स्थानीय चुनावको मिति तय गर्नेबारे छलफल हुन्छ।’सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका थिए।आयोगले भने जेठ ५ भित्र स्थानीय चुनाव गरिनुपर्ने बताएको छ।

स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल जेठ ५ मा सकिँदैछ। त्यसभन्दा पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने तर्क आयोगले राख्दै आएको छ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले बागमती प्रदेशका पार्टी पदाधिकारीहरूसँग सोमबार कुराकानी गर्दै जेठ ४ मा स्थानीय तह चुनाव गर्न लागेकोले तयारी गर्न भनेका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार