मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु

काठमाडौं । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो ।

धनुषाका एसपी बसन्त रजौरेले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको जानकारी दिएका छन् ।

त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार