काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ । आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घन्टा चक्काजाम गरेको हो । चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् । चक्काजामका कारण केहीबेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । सो क्रममा नेकपानिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले मूल्यवृद्धिले जनताको जनजीवन प्रभावित पारेकाले सबै मिलेर यसको विरोध गर्नुपर्ने धारणा राखेका थिए ।त्यस्तै उनीरुले एमसीसी राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए । नागरिक खबरबाट