
काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उहाँले भन्नुभयो, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ ।’ जुन देशसँग हामीले सम्झौता गरेका छौं, त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने पनि बताउनुभयो । ‘नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा उसले लिने स्थितिलाई अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो। नागरिक खबरबाट