सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिनुभयो ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाउनुभएको छ। त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेनञ्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार