त्रिभुवन विश्वविद्यालयलाई अपराधीको अखडा नबनाऊ : डा.केसी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले कुनै पनि हालतमा अपराधीविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषीको मुद्दा फिर्ता गर्न हालको सरकारले गरिरहेको प्रयासप्रति आइतबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको डा.केसीले बताउनुभएको छ ।

उपप्राध्यापक चलाउनेमाथि सत्तारूढ दलसम्बद्ध विद्यार्थी संगठनका सभापतिलगायतका नेताको निर्देशनमा ज्यान मार्ने उद्योग भएको भनेर काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतको न्याय प्रक्रियाले स्वीकारीसकेको भन्दै डाक्टर केसीले गृहमन्त्री बालकृष्ण खाँडलाई अपराधीको उत्पादन र संरक्षण नगर्न आग्रह गर्नुभएको हो।

‘विभागीय प्रमुखदेखि पदाधिकारी नियुक्तिसम्म मौलाएको दलीय भागबण्डाले विश्वविद्यालयलाई लामो समयदेखि धराशायी बनाएको छ नै’,उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘दलीय पहुँच र दबाबका भरमा आंशिक र करार हुँदै खुला प्रतिस्पर्धाबिना स्थायी नियुक्ति दिने थितिले शिक्षाको गुणस्तरलाई धराशायी बनाएको छ।’ डा. केसीका अनुसार चिन्तक, दार्शनिक, वैज्ञानिक, प्राध्यापक, आदि उत्पादन गर्नुपर्ने विश्वविद्यालयल अपराधीहरू जन्माउने थलो बनेको बताउनुभयो। सो प्रवृत्तीले आउँदो पचासौं वर्षसम्म नेपाललाई पछि पार्ने निश्चित रहेको जिकिर गर्नुभयो । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार