धनिलाल गर्बुजा
मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार मौवाफाँटमा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा थमबहादुर बुदुजा चयन हुनुभएको छ । वडा इकाई कार्यसमितिको उपाध्यक्षमा चित्रबहादुर गर्बुजा र रमेश तिलिजा, सचिबमा राजकुमार गर्बुजा, सहसचिबमा मनिता पुन मगर र सपना गर्बुजा, कोषाध्यक्षमा मञ्जु पाईजा लगाएत १५ सदस्य गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा कांग्रेस सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।उहाँको अनुसार सदस्यहरुमा सुजन राना मगर, लेठ बहादुर राना मगर, एन्सन राना मगर, टिका फगामी, युकेन पुन, सपना पुन, यामबहादुर पुन र अञ्जली गर्बजा चयन हुनुभएको छ ।
कार्यक्रममा नेपाली कांगे्रस म्याग्दीका उपसभापति केवी भण्डारीले नेपालमा मगर जाती जनसंख्या तेस्रो भएको बताउँउनुभयो । उहाँले नेपाल एकिकरणमा मगर समुदायको ठुलो भुमिका भएको उल्लेख गर्दै आफ्नो हक हित र अधिकारको लागी संगठनलाई थप बलियो बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिब तथा राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन, प्रदेश सभा ‘क’ का सभापति ओम छन्त्याल, रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारी, रघुगंगा गाउँपालिका उपप्रमुख कमला तिलिजा, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश तथा महाधिवेशन प्रतिनिधी खिम कुमारी पुर्जा गर्बुजा, नेपाली कांग्रेस रघुगंगा गाउँपालिका सभापति मन कुमार सेरपुजा, कांग्रेस जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका–१का वडा अध्यक्ष बिल बहादुर फगामी, कांग्रेस जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका–३का महिला जनप्रतिनिधी सम्झना परियार, कांग्रेस बेनी नगरपालिका वडा नम्बर ८का वडा इकाई सभापति हिम बहादुर भण्डारी, नेपाल राष्ट्रिय मगर संघ जिल्ला सदस्य तथा नेपाली कांगे्रस रघुगंगा सचिब खिम बहादुर फगामी, मौवाफाँट मगर आमा समुहका अध्यक्ष यामकुमारी गर्बुजा, मौवाफाँट मगर समाजका कोषाध्यक्ष थमबहादुर बुदुजा र मौवाफाँट मगर समाजका सचिब जित बहादुर पाईजा बोल्नुभएको थियो। वडा ईकाई सभापति अशोक कुमार शाहीको सभापतित्व, मुकुन्द शर्माको स्वागत र करण राना मगरको सञ्चलानमा कार्यक्रम सम्पन्न भएको थियो।