राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति लामिछानेले गरे पदभार ग्रहण

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार नियुक्त भएका उपकुलपति लामिछानेले बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गर्नुभएको हो।

उहाँलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उपनिर्देशक डा. एन्जिलीका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गर्नुभएको थियो।

त्यसक्रममा बोल्दै उपकुलपति लामिछानेले आउने चार वर्षभित्र दाङमा एमबिबीएसको पढाइ सुरू गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सबैको सहयोगबाट अस्पतालको स्तरउन्नति र विकासमा भूमिका खेल्ने उहाँले जनाउनुभयो । उहाँ ‍घोराही उपमहानगरपालिका–१० का स्थायी बासिन्दा हुनुहुन्छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार