काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।