जनकपुर । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।
कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक रायका अनुसार मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५–७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको थियो। गफ गरिरहेका उनीहरू सबै साथीहरू नै थिए। एक्सासी के कुरा मिलेन होला अनि एक जनाले गोली चलाइदिए।
चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको छ,’ प्रनाउ रायले भन्नुभयो। मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो। गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको उहाँले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक रायका अनुसार गोली प्रहार गर्ने त्यहीँका स्थानीय युवक भए पनि फरार रहेकाले खोजी भइरहेको छ। सेतोपाटीबाट