चुरोट पिउने विषयमा विवाद हुँदा काकाद्धारा भतिजको हत्या

गोरखा । चुरोट पिउने विषयमा काका भतिज बिच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताउनुभयो।

‘पहिले पराल झिक्न जाँदा मृत्यु भएको भन्ने जानकारी आयो’ उहाँले भन्नुभयो ‘घटना अनुसन्धान गर्दै जाँदा हत्या भएको प्रमाण खुल्यो।’ टाउकोमा चोट रहेकाले प्रहरीले उक्त घटना शंकास्पद रहेको आशंकामा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

काका पदमबहादुरले भतिज र आफूबीच चुरोट पिउने बिषयमा विवाद हुँदा चिपर्टले हिर्काएको स्विकार गरेको प्रहरीले जनाएको छ। फागुन २१ गते राती उक्त घटना भएको र बुधवार पिडकलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खनालले बताउनुभयो । मृतकका छोरा अप्सर कुमालले बाबुको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार