
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राख्नुभएको छ । सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।
एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गर्नुभएको छ । कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गर्नुभएको छ । अनलाइनखबरबाट