साढे २ करोड ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो । प्रहरी उपरीक्षक मैनालीका अनुसार श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार थिइन्। श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन्।

श्रेष्ठले पीडितलाई झुक्यानमा पारेर ठगी गरेको आरोप छ। पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन्। श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार