बेनी, शुक्रबार साउन २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ ।
साँझ ६।२६ मिनेटको समयमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका बस्तीहरुमा पनि भुकम्पको धक्का महशसु गरिएको स्थानीयबासीले बताएका छन् ।
धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भूकम्पले क्षति गरेको जानकारी भने प्राप्त नभएको बताए ।