माओवादी र एकीकृत समाजवादीले एक सिट पनि जित्दैनन् : प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्नुभएको छ । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिस्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’नेपालको कम्युनिस्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उहाँको दाबी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार