काँग्रेसको कार्यबाहक सभापति खड्का

काठमाडौँ । नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ ।

सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका लागि खड्काले उक्त जिम्मेवारी निभाउनुहुने छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार