देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

सिमरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभएको छ ।

हिजो बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताउनुभएको हो ।

उनले विभिन्न देश खेलकुदका माध्यमबाट संसारमा चिनिएका दृष्टान्त प्रस्तुत गर्दै मुलुकमा खेलकुदको विकासका लागि उचित नीति र वातावरणको आवश्यकतामा जोड दिनुभयो । मन्त्री आलेले भारत क्रिकेट खेलकै कारण विश्वभर चिनिएकाले हाम्रो देश नेपाल पनि खेलकुदकै कारण संसारमा चिनाउन आवश्यक रहेको बताउनुभयो ।

संसारका ठूला अनुसन्धानहरुले पनि स्वस्थ्य मानव जीवनका लागि खेलकुद नै ठूलो स्रोत भएको देखाएका उहाँले उल्लेख गर्नुभयो। त्यस कार्यक्रममा मन्त्री आलेले सिमरा सङगसाला जाने बाटो साँघुरो भएको र यातयातका साधन आवतजावतमा पनि समस्या भएकाले नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरी बाटो फराकिलो बनाउनका लागि पहल गर्ने आश्वासन समेत दिनुभयो।

यसैगरी मन्त्री आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न अर्थ मन्त्रालयमा बजेटको सुनिश्चितताका लागि पत्र पठाएको र बजेटको व्यवस्था भएपछि स्तरोन्नतिको काम गरिने बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार