![](https://myagdinews.com/wp-content/uploads/2022/02/prakashsharan.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काठमाडौँ महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताउनुभएको छ ।
काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताउनुभएको हो ।’स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’महतले भन्नुभयो ।
एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उहाँले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गर्नुभयो । काठमाडौँ महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने उहाँले बताउनुभयो । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘अरुले कुरा गर्ने तर, नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।’ नागरिक खबरबाट