![](https://myagdinews.com/wp-content/uploads/2021/08/ramkumari.jpeg)
काठमाडौं । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दावी गरेको छ । मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाक्रीको भ्रमण स्विकृत भएको जनाएको हो ।
‘आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार, मन्त्रीज्यू पूर्वनिर्धारित कार्यक्रम बमोजिम मनोनयन स्विकृत भई उक्त कार्यक्रममा सहभागिताका लागि प्रस्थान गर्नुभएको हो’ मन्त्रालयले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । मन्त्रालयको दाबीअनुसार २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले नै मन्त्री झाक्रीको भ्रमण अनुमोदन भएको थियो ।
त्यसको भोलिपल्टदेखि मात्र आचारसंहिता लागू भएको थियो भने मन्त्री न्यूयोर्कमा २८ अप्रिलमा हुने नयाँ शहरी योजना कार्यान्वयनको प्रगतिबारे उच्चस्तरिय बैठकमा ९ वैशाखमा अमेरिका गएकी थिइन् । निर्वाचन आयोगले भने भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले कुनै जानकारी नगराएको र स्विकृती पनि नलिएको बताएको छ । अनलाइनखबरबाट