उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो ।
प्रदेश अध्यक्ष हर्क नेम्वाङले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गर्नुभएको छ । प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ भने बाँकी ८ जना सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्वन गरिएको छ । नागरिक खबरबाट