![](https://myagdinews.com/wp-content/uploads/2022/04/keshab.jpg)
काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पार्नुभएको छ ।
महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताउनुभयो ।
काठमाडौँमा मंगलबार आयोजित ‘चर्चा र विवाद’का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताउनुभयो । यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उहाँको भनाइ छ । रश्मिलासँग उहाँले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गर्नुभयो । नागरिक खबरबाट