कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित हुनुभएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उहाँले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिनुभयो ।
माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुग्नुभएको हो । देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ । नागरिक खबरबाट