धनगढी । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।
विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उहाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । अनलाइनखबरबाट